पुनर्निर्माणमा दाताको प्रतिबद्धताः घोषणाको ५० प्रतिशत रकम पनि आएन

असार १८ , काठमाडौं – भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दार्त निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्। तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन नसकेको पाइएको छ।

नेपालको पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको छ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए।