काष्ठमण्डपमुनि के छ ?

असार १८ , काठमाडौं – नेपालको प्राचीन इतिहास किम्वदन्तीसँग कति बेला जोडिन्छ र कति बेला छुट्टिन्छ ठोकुवा गर्न गाह्रो छ। जतिबेला जनश्रुति ऐतिहासिक रुपमा सत्य देखिने सम्भावना हुन्छ, त्यो अद्वितीय हुन्छ।

काठमाडौंबारे पनि यस्ता धेरै जनश्रुति पाइन्छन् र तीमध्ये अधिकांश अलौकिक र रहस्यमय छन्। यस्तै एउटा रहस्यका रुपमा छ, काष्ठमाण्डप। एक वर्ष अगाडिको भूकम्पले पूर्णतः क्षतिग्रस्त काष्ठमाण्डपबारे यस्तै रहस्य खुल्ने सम्भावना बढेको छ।

काष्ठमाण्डपबाटै काठमाडौंको नाम रहन गएको मानिन्छ। यसको प्राचीन नाम ‘‘मरुसत’ हो। काष्ठमाण्डप विशाल सत्तल हो। यो तीनतल्ले मन्दिरका स्वरुपमा थियो। एउटै रुखको काठबाट यसको निर्माण भएको विश्वास गरिन्छ।

पछिल्लो भूकम्पले यो पाताल हुने गरेर भत्किएको छ। अहिले यसको भौकि रुवस्प ‘ग्राउन्ड जिरो’को स्थितिमा छ। नब्बे सालको भूकम्पले भने यसमा कुनै नोक्सानी पुगेको थिएन।

पछिल्लो भूकम्पले पुर्याएको क्षतिपछि गरिएको अनुसन्धानले धेरै रोचक तथ्य अझै गर्भमै रहेको खुलासा भएको हो।