घट्यो अब हवाइ इन्धनको मूल्य , अब हवाइ इन्धनको मूल्य पेट्रोलकै बराबर

काठमाडौं , १७ असार -नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएर पेट्रोलकै मूल्य समान बनाएको छ ।

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको र घटेको मूल्य आजदेखि नै लागू हुनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १ सय डलरले घटेको छ ।