महर्जन दशरथ चन्द मेधावी सर्वोच्च खेलाडीबाट सम्मानित

काठमाडौं, असार १७ – राष्ट्रिय खेलकुद परिषद र दशरथ चन्द मेमोरियल ट्रष्टले फुटबलर विराज महर्जनलाई दशरथ चन्द मेधावी सर्वोच्च खेलाडीबाट सम्मानित गरेको छ । परिषद र ट्रष्टले २०७२ को सवोत्कृष्ट खेलाडीबाट विराजलाई सम्मान गर्दै १५ हजार रुपैयाँ समेत प्रदान गरेको छ ।

गत वर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा बिराजले कप्तानी सम्हालेका थिए ।

त्यस्तै परिषद र ट्रष्टले पाँच विकास क्षेत्रलाई नै प्रतिनिधित्व हुनेगरि पुरस्कार वितरण गरेको सम्मान पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङले हाता पारेकी छिन् ।

त्यस्तै ट्रष्टले पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, सुदूरपश्चिमाञ्चलबाट उसुका राजेश चौधरी र मध्यपश्चिमाञ्चलबाट उसुकै निमा घर्ती मगर लाई सम्मान गरेको छ । उनीहरुलाई नगद १० हजार रुपैयाँ समेत प्रदान गरिएको छ ।