११ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

असार १६,काठमाडौं – उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट विभिन्न कागजात र ५० हजार रुपैयाँ रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै बस्ने वर्ष ३५ का धरम यादव र पश्चिम बङ्गालस्थित सिलीगुडी बस्ने वर्ष १६ को रितेश ग्वाला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले उदयपुरको डुम्रे घर भई पञ्चावतीको जनप्रेमी निमाविका शिक्षक भरतप्रसाद ढकालको ५० हजार नगद र कागजात रहेको झोला लुटेर भाग्न लाग्दा बुधवार साँझ स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउए।

प्रहरीका अनुसार शिक्षक दाहाल राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखाबाट नगद झिकेर गलैँचा किन्न गएका थिए।