खोलाले बगाएर बालकको मृत्यु

पोखरा, १२ असार – लेखनाथ नगरपालिका वडा नं ८ शिशुवा बस्ने नौ वर्षीय बालक सुलभ बास्तोलाको खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेपछि घरबाट खेल्नका लागि हिँडेका बास्तोला हराएपछि बेलुकादेखि नै परिवारजन, स्थानीयवासी र प्रहरीले खोजी गरिएकामा उनलाई आज मृत अवस्थामा फेला पारिएको प्रहरी चौकीका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिनुभयो ।

उनलाई घर नजिकैको देउराली खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो ।