सासू बुहारीबीचको झगडापछि सासूको मृत्यु

लहान, ९ असार । सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।