पाकिस्तानी प्रसिद्ध सुफी गायकको गोली हानी हत्या

कराँची (पाकिस्तान), ८ असार । पाकिस्तानका प्रसिद्ध सुफी गायकलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ ।

मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग सडकमा हिंडिरहेका बेला आक्रमण भएको प्रहरी अधिकृत फारुक सन्जारनीले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।

पैतालिस वर्षीय गायक अमजाद साब्रीमाथि पाँच गोली प्रहार गरिएको थियो ।

गोली लागि घाइते भएका उहाँलाई स्थानीय अब्बासी सहिद अस्पतालमा उपचारका लागि पु¥याइए पनि अस्पताल पुगेको केही क्षणमै मृत घोषणा गरिएको थियो ।

साब्रीसँगै कारमा यात्रारत आफन्त सलिम साब्रीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।