हिन्दु राज्य हटाउने एजेण्डा थिएनस् खिलराज रेग्मी

असार ९ ,काठमाडौं – अन्तरिम मन्दिपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले २०६२÷०६३ को आन्दोलनको भावना र एजेन्डाविपरीत नयाँ संविधान बनेका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्।

धर्मलगायतका विषयमा आन्दोलनको एजेन्डा नै नभए पनि अन्तरिम संविधान र नयाँ संविधानमा बेग्लै ढंगले सम्बोधन गरिँदा झन् समस्या पैदा भएको रेग्मीको जिकिर थियो।

नेपाली मुक्ति मोर्चा र बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘संविधान कार्यान्वयन चुनौती र समाधानका उपाय’ विषयक अन्तरसंवादमा उनले भने, २०६२÷०६३ को आन्दोलनको भावना र एजेन्डालाई मात्र सम्बोधन गर्ने गरी अन्तरिम संविधान निर्माण गरेको भए र अन्तरिम संविधानलाई नै आधार मानेर वर्तमान संविधान जारी गरेको भए संघीयताको विषयबाहेक अन्त विषयमा विवाद उठ्ने नैैतिक आधार कसैलाई पनि हुँदैनथ्यो।’
धर्मको विषयमा २०६२÷०६३ सालको आन्दोलनको खास एजेन्डा नभएको दाबी गर्दै रेग्मीले भने, ‘तर त्यसलाई अन्तरिम संविधानमा बेग्लै ढंगले सम्बोधन गरियो। जसका कारण वर्तमान संविधान झन् अलमलिएको छ।’