किसानलाई महंगो मोबाइल र सिम उपहार

असार ८, काठमाडौं – सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ।
किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउने भएको छ।
सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्थालगायतका सुविधा किसानलार्य निःशुल्क उपलव्ध गराउने तयारी गरेको हो।
यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको हो ।
किसानलाई सिम र मोबाइल निःशुल्क वितरण गर्न नेपाल टेलिकमसँग द्विपक्षीय सम्झौता भएर अहिले सुम उत्पादन गर्ने काम भइरहकेो छ ।
यो सुविधा तीन चरणमा विस्तार गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा धनकुटा, सुनसरी, सिरहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुक्लाका किसानलाई यो सुविधा पुर्‍याइनेछ , दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी,चितवन, सुर्खेत, डोटी, रुकुम, कैलाली लगायतका जिल्लामा वितरण गर्ने कार्यक्रम रहेको छ ।