व्यवसायीले आपूर्ति रोक्ने धम्की दिए पनि ग्यास अभाव नहुने

असार ८, काठमाडौं – ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति ९पीडीओ० नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ।
सरकारले एचपी ग्यासको पीडीओ रोक्का गर्ने निर्णय फिर्ता नलिएको विरोधमा नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि पीडीओ नभर्ने चेतावनी दिएका थिए।
नेपाल आयल निगमले ग्यास कम्पनीहरुलाई उपलव्ध गराउने प्रोडक्ट डेलिभरी अर्डर नभर्ने ग्यास कम्पनीहरुको निर्णयसँगै बजारमा क्रमशः ग्यासको अभाव हुने अवस्था उत्पन्न हुने र कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने सम्भावनालाई सर्वसाधारणमाझ चर्चा परिचार्चा भइरहँदा आपूर्ति मन्त्रालयले ग्यास अभाव नहुने स्पष्ट पारेको छ ।
कम्पनीहरुले अहिलेसम्म भरेको पीडीओअनुरुप ग्यास उठाउन बाँकी रहेको जनाउँदै आपूर्ति मन्त्रालयले तत्काल ग्यास अभाव नहुने जनाएको छ ।
मन्त्रालयका अनुसार पीडीओ भरेअनुरुप ग्यास आउँन बाँकी छ जसले गर्दा बजारमा ग्यासको अभाव हुँदैन ।