खाँ हत्या प्रकरणमा भाजपा सांसद गिरीलाई पक्राउ गर्न मुख्यमन्त्री केजरीवालको माग

नयाँ दिल्ली, ६ असार । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित सांसद महेश गिरीलाई एनडीएमसी अधिकारी एम एम खानको हत्या प्रकरणमा सम्लग्न भएको आरोपमा पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।
एनएमडीसीका ब्ययस्थापन अधिकृत खाँलाई एक होटलको जग्गा भाडा सम्बन्धि निर्णय लिइने भनिएको एक दिन पहिले जामियाँनगरमा मे १६ मा गोली हानी हत्या गरिएको थियो ।
मुख्यमन्त्री केजरीवालले भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गिरीका हत्याआरोप लगाइएका गिरीलाई संरक्षण दिएको आरोप लगाउनु भएको छ ।
तर गिरीले भने आइतबार देखि मुख्यमन्त्रीले लगाएको आरोप पुष्टि गर्न माग गर्दै केजरीवालको निवास बाहिर शुरु गरेको भोक हडताललाई सोमबार दोस्रो दिन पनि जारी राख्नुभएको छ ।
बिजेपी सांसद गिरीले केजरीवाललाई आफूमाथि लगाइएको आरोप मुख्यमन्त्रीको पदमा रहेरै पुष्टि गर्न चुनौती दिनुभएको छ ।
यसैबिच, दिल्लीका मुख्यमन्त्री केजरीवालले सोमबार ट्वीट गर्दै भाजपा सांसद गिरीलाई पक्राउ गर्नुपर्ने उल्लेख गर्नुभएको छ । “उहाँ (गिरी) लाई पक्राउ गरिनुपर्छ र मोदीको प्रहरीले एमएम खानको मुद्दामा छानविन गर्नुपर्छ तर मोदीको प्रहरीले गिरीलाई संरक्षण दिइरहेको छ,” केजरीवालले ट्वीट गर्नुभएको छ ।
केजरीवालले लेफ्टिनेन्ट गभर्नर नाजिब जंग र नयाँ दिल्लीका महानगर परिषद (एनडीएमसी)का उपाध्यक्ष करण सिं तनवारलाई लेखेको पत्रमा प्रहरीले प्रधानमन्त्रीको निर्देशनमा खानका हत्यारालाई जोगाउन खोजेको बताउनुभएको छ ।
गिरीले भने मुख्यमन्त्रीलाई हत्या आरोप समवन्धमा सार्वजनिक बहसमा आउन चुनौति दिंदै आउनुभएको छ । जुन १६ मा मुख्यमन्त्री केजरीवाललाई पत्र लेख्दै आइतबार ४ बजे संवैधानिक क्लवमा उपस्थित भई खाँको हत्या आरोपबारे तथ्य पेश गर्न आग्रह गर्नुभएको थियो ।
भाजपा पार्टी समर्थकले गिरीको पक्षमा व्यापक गरेपछि गरेपछि भाजपा सांसद गिरीले भोक हडताल शुरु गर्नुभएको बताइएको छ ।