सप्तरीमा एक व्यक्ति मृत फेला

असार ६ ,राजविराज–सप्तरीको राजविराज नगरपालिका–८ मा अत्यधिक मदिरा सेवन गरी हिँड्ने एक व्यक्ति मृत फेला परेका छन् ।
मृत्यु हुनेमा रामेछाप फुलासी गाविस–२ घर भई हाल राजविराज नगरपालिका–८ मै बस्दै आएका ५१ वर्षीय चंखे भनिने डम्बर पाण्डे रहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पाण्डेको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।