१५ सय प्रतिनिधि सहभागी हुने

असार ६, काठमाडौं –

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन सुुरु हुँदैछ।

नवलपरासीको परासीमा सुरु हुन लागेको महाधिवेशनको उद्घाटन बिहान ११ बजे तमलोपा अध्यक्ष महन्थ ठाकुरले गर्ने कार्यक्रम छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशबाट राजनीतिक दलका नेता, युरोपियन युनियनका केही देशका प्रतिनिधि र कूटनीतिक नियोगका अधिकारी हरु सहभागी हुनेछन् ।

यसैगरी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरुसहित सबै पार्टीलाई निमन्त्रणा गरिएको तमलोपाले जनाएको छ।

महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र परिवेक्षक सहभागी हुने छन्। यो पटक पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी वताइएको छ। सोमबारबाट सुरु महाधिवेशन असार बुधवारसम्म चल्नेछ।

नवलपरासीको परासीमा सुरु हुन लागेको महाधिवेशनको उद्घाटन बिहान ११ बजे तमलोपा अध्यक्ष महन्थ ठाकुरले गर्ने कार्यक्रम छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशबाट राजनीतिक दलका नेता, युरोपियन युनियनका केही देशका प्रतिनिधि र कूटनीतिक नियोगका अधिकारी हरु सहभागी हुनेछन्।