कलेज निलम्बनमा परेपछि एमबीबीएस पढ्ने नेपाली विद्यार्थी अलपत्र

असार ६, काठमाडौं –
कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्।
प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन्।

आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए।

तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ। शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको राजदूताबासले जनाएको छ ।
दूताबासले नेपालको मेडिकल काउन्सिलले नै अध्ययनका लागि ठीक ठहर गरी स्वीकृत गरेको खण्डमा मात्र विद्यार्थी आउने हुनाले निजी कलेजबारे जानकारी लिन आवश्यक रहेको समेत जनाएको छ ।