‘सहमतिबिना संविधान कार्यान्वयन असम्भव’

कालिकोट, ३ असार – नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रिय सहमतिबिना संविधान कार्यान्वयन असम्भव रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार संविधान कार्यान्वयनमा गम्भीर नरहेको आरोप लगाउनुभयो । केन्द्रस्तरका हरेक राजनीतिक दलका नेताको मस्तिष्कमा कर्णाली सम्भावना नै सम्भावना भएको क्षेत्र हो भन्ने जानकारी भए पनि उनीहरुले यसप्रति हेर्ने दृष्टिकोण सङ्कुचित भएका कारण कर्णालीको विकासमा कठिनाइ भएको विचार व्यक्त गर्नुभयो ।