घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा

काठमाडौँ, ३ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका भनिएका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिने कार्यका लागि रु पाँच हजार घुस रकम लिएका अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा निजले कसुर गरेको पुष्टि भएको जनाउँदै कानुनबमोजिम दण्ड सजाय माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।