पुष्पलाल ¥याङ्किङ ब्याडमिन्टन शनिबार

काठमाडौँ, १ असार । पाँचौ पुष्पलाल स्मृति ¥याङिकङ ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ ।

नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला एकलको ¥याङ्किङ तथा खुलातर्फ सत्र वर्षमुनि (यु–१७)को छात्र तथा छात्रा, पुरुष र महिला जोडी, एवम् भेट्रान्स जोडी गरी सात विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोतिामा पहिलो हुनेले रु ४५ हजार प्राप्त गर्ने आयोजक सङ्घका अध्यक्ष तथा नेपाल ब्याडमिन्टन सङ्घका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा लगातार तीन पटक विजयी हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने गरेको छ । सोहीअनुरुप यस वर्ष रत्नजित तामाङलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ । गत वर्ष उक्त पुरस्कार सरादेवी तामाङले प्राप्त गर्नुभएको थियो । त्यस्तै हरेक वर्षझै यस बर्ष पनि एक उत्कृष्ट प्रशिक्षकलाई सम्मान गरिनेछ ।