१० खेलाडीमा सिमित अल्बानियालाई हराउँदै स्विजरल्याण्डको विजयी सुरूआत

एजेन्सी– युरो कप २०१६ अन्तर्गत गए राति भएको खेलमा स्विजरल्याण्डले विजयी सुरुवात गरेको छ।
नेपाली समयअनुसार राति सम्पन्न पहिलो खेलमा स्विजरल्याण्डकले अल्बानियालाई १–० गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो।
खेलको सुरुवाती ५ औं मिनेटमा नै फावियान साहारले कर्नरमा प्राप्त बललाई गोलमा परिणत गरिदिए। अल्बानियाँको गोलकिपरले गल्ती गर्दा स्विजरल्यान्डले गोल गर्ने मौका पाएको हो।
गोलकिपर यरिसा अगाडि बढ्दा उनले हुलमुलमा सो गोल गरेका थिए। खेलको ३७ औं मिनेटमा कप्तान लनेरी कानाले ह्याण्डबल गरेपछि दोहोरो पहेँलो कार्डको सामान गर्दै मैदान छोडेपछि अल्बानियाँ १० खेलाडीमा सिमित भएको थियो।
यो जितसँगै एक खेलबाट फ्रान्स र स्विजरल्यान्डको समान तीन–तीन अकं भएको छ। गोल अन्तरका आधारमा आयोजक पहिलो स्थानमा छ।