पूर्वराजा र पाँच प्रधानमन्त्रीविरूद्ध उजुरी

जेठ ३१,काठमाडौं – माओवादी युद्ध सुरू भएपछि आस्थाका आधारमा हत्या, बेपत्ता, दमन र यातना दिने कार्य भएको भन्दै तत्कालीन सरकार प्रमुखमाथि छानबिन र कारबाहीको मागसहित आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता भएको छ।

नेपाली सेनाको भैरवनाथ गणमा बन्दी बनाइएका माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले उजुरी दिएका हुन्।

उजुरीमा २०५२ सालदेखि २०६३ सालअघि सत्तामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रवबहादुर चन्द, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अवधिमा भएका गैरन्यायिक हत्या, यातना एवं बेपत्ता घटनालाई छानबिनको दायरामा ल्याउन आयोग समक्ष माग गरिएको छ।

युद्ध अबधिमा गैरन्यायिक हत्या, अमानवीय यातनालगायत घटनामा संलग्न अरु जिम्मेवार व्यक्तिको खोजबिन गरी कारबाही चलाउनसमेत केसीको माग छ।