एमाले स्थायी कमिटी बैठकबाट समाचारको भत्र्सना

काठमाडौँ, २३ जेठ – नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र अमेरिकाका सम्बन्धमा भन्नुभएको भनी कतिपय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आजको पार्टीको स्थायी समिति बैठकले भत्र्सना गरेको छ ।

आज बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा स्थायी कमिटीको शनिबारको बैठकमा सञ्चारमाध्यममा चर्चा गरिए झैँ प्रधानमन्त्रीले त्यस्ता कुनै अभिव्यक्ति नदिनुभएको र त्यस्तो कुनै निर्णय नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “देश अत्यन्त संवेदनशील अवस्थामा रहेका बेला निराधार कुरा प्रकाशित गरी अन्तर्राष्ट्रिय जगतमा समेत यस्तो भ्रम सिर्जना गर्ने यस्तो नियोजित र दुराशयपूर्ण कार्यको यो बैठक भत्र्सना गर्दछ ।”

बैठकका निर्णय वा अन्य विषयमा यथार्थ जानकारी आवश्यक भए एमाले सदैव त्यसका लागि तत्पर रहेको कुरामा जोड दिँदै तथ्यहिन कुरा प्रचार गरी जनतालाई भ्रमित नगर्न तथा देश र जनताको हितमा आघात नपु¥याउन स्थायी समिति बैठकले सबैमा आग्रह गरेको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान र राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङ अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहनुभएकोमा बैठकले उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

स्थायी समितिको अर्को बैठक सोमबार अपराह्न ३ बजे पुनः बस्नेछ ।