प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

जेठ २३,काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने प्रचण्ड आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
ओली र प्रचण्डबीचको भेटमा सरकारका काम कारवाहीका विषयमा पनि छलफल भएको बताइएको छ।