माछा मार्न गएकी बालिका बेपत्ता, आठको उद्धार

जेठ २३,डडेल्धुरा– खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन् ।
डडेल्धुरा मष्टमाडौं–६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार गरेको तर उनलाई उद्धार गर्न नसकेको स्थानीयवासी भीमबहादुर विष्टले बताए। आज पनि उनको खोजी भइरहेको सकायल प्रहरीले जनाएको छ।