सुल्तानको ट्रेलर हेरेपछि आमिरलाई किन लाग्यो डर ?

एजेन्सी । बलिउडका मिष्टर पर्फेक्सनिष्ट आमिर खानले आफ्ना साथी तथा बलिउड सुपरस्टार सलमान खानको चलचित्र सुल्तानले आफ्नो चलचित्रमा प्रभावित गर्ने भन्दै बेखुसी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खासमा सुल्तानमा सलमान खान बक्सरको रुपमा देखिएका छन् । उता आमिर खानको दंगलमा भने महाबीर फोगटको बायोपिकमा अभिनय गरेका छन् । सुल्तानका कारण आमिरको ‘दंगल’ खतरामा पर्न सक्छ किनभने दुवै फिल्म एकै क्षेत्रका हुन् र कथा करिव करिव उस्तै छन् ।

ट्वीटर छोड्ने धम्की दिएका सलमानलाई आमिर खानको सुझाव
सलमानको फिल्म ६ जुलाइमा रिलिज हुँदैछ । उता दंगल क्रिशमस अघि डिसेम्बर २३ मा आउँदैछ । आमिर भन्छन् सलमानको स्टोरीमा चिन्ता नभएपनि आफूलाई बनावटी जस्तो मान्ने चिन्ता आमिरको छ ।