राप्ती नदीमा डुबेर दुई जना बालकको मृत्यु

जेठ २२, दाङ –दाङको राप्ती नदीमा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं.११ निवासी १२ वर्षीय असरफ सिद्धिकी र सोही ठाउँकै १३ वर्षकै बब्लु सिद्धिकीको नुहाउने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जाएको छ ।

शनिबार विदाको दिन भएकोले उनीहरू दुबै जना गोवरडिया बजारस्थित अभिभावकको पसलबाट घर फर्कंर्दै गर्दा राप्ती नदीमा नुहाउन पसेका थिए। नुहाउन गएका उनीहरूको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयले शव निकालेर प्रहरीलाई खबर गरेका थिए।