बक्सिङ लेजेन्ड महम्मद अलीको निधन

जेठ २२ , एजेन्सी – अमेरिकी बक्सर महम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा शुक्रबार उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । अमेरिकामा सन् १९४२ जनवरी १७ मा जन्मेका अलीले १२ वर्षको उमेरमा आफ्नो साइकल चोरी भएपछि बक्सिङ सिकेका थिए । २२ वर्षको छँदा उनले विश्व ह्याभीवेट उपाधी जितेका थिए ।

उनको पुरा नाम क्यासियस मार्सिलस क्ले जुनियर हो । द ग्रेटेस्ट उपनाम पाएका अलीले तीन पटक वल्र्ड ह्याभीवेट टाइटल जितेका थिए । बक्सिङ खेल्नु अगाडि र पछाडि उनले बोल्ने संवादले उनको चर्चा हुने गथ्र्यो । उनी नागरिक अधिकारको आन्दोलनमा पनि सहभागी थिए भने कविता पनि लेख्थे।