सरकार खोज्दै किशोरकिशोरी

जेठ २१ , चन्द्रपुर- हामीलाई यसरी तपाईको कार्यालयमा देख्दा अचम्म लाग्ला, हामी गाउँका समस्या लिएर आएका किशोरकिशोरी हौं, एकपटक गाउँ हेरेर हाम्रो समस्या सुनिदिन बिनम्र अनुरोध गर्दछौं, रौतहटको चन्द्रपुर नगरपालिका(२ स्थित भोलनटारका किशोरकिशोरीले नगरपालिकाको कार्यालय र इलाका प्रशासन कार्यालयलाई लेखेको पत्रको अंश हो यो)

बस्तीका एक दर्जनभन्दा बढी किशोरकिशोरीले चन्द्रपुर नगरपालिकाको कार्यालयका प्रमुख मिठाराम हुमागाई र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गिरीधारी सुवेदीलाई आफ्नो बस्ती हेर्न आउन आग्रह गर्दै पत्र लेखेका हुन्।

नगरपालिकाभित्रको बस्ती भएपनि सरकारी तथा गैरसरकारी संघसंस्थाले दिने सेवा सुविधाबाट भोलनटार, इपिलघारी, अरुणबस्तीका बासिन्ता वर्षौदेखि वञ्चित छन्। करिब २० वर्षअघिदेखि बसोबास गर्दै आएका चार सय घरपरिवार सुकुम्बासी तथा विपन्न वर्गका मानिस बस्तीमा पीडादायी जीवन यापन गरिरहेका छन्।
खानेपानी, स्वास्थ्यलगायत अन्य सरकारी सुविधान बस्तीमा पुग्न सकेको छैन।