मानव बेचबिखन मुद्दाका आरोपित सुनार प्रहरी नियन्त्रणबाट फरार

भीमदत्तनगर, १९ जेठ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ सुन्दरनगरका मानव बेचबिखन मुद्दामा आरोपित ३९ वर्षीय वीरबहादुर सुनार मङ्गलबार प्रहरी नियन्त्रणबाट भागेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रवीर विकले अभियुक्त सुनारलाई नेपाल र भारतबीचको दशगजा क्षेत्रबाट पक्राउ गरी ल्याउने क्रममा भागेको बताउनुभयो ।

“सुरुमा घरमै ऊ विरुद्धका सबै कुरा प्रमाणित भएर नियन्त्रणमा लिन खोजें ।” प्रहरी निरीक्षक विकले भन्नुभयो – “घरबाटै भागेर भारततर्फ पस्न खोज्दा मैले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेपछि सुनारले आत्मसर्मपण ग¥यो ।”

आफूसहित दुईजनाको टोलीले उनलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर कार्यालयतर्फ ल्याउने क्रममा अभियुक्तका आफन्त र स्थानीय जनताले प्रहरी कार्यालयमा लैजान नदिएर अवरोध पु¥याउँदा सुनार भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

“आठ÷दसजना परिवारका सदस्य र गाउँका मानिसले हामीलाई बाटो छेक्दै होहल्ला मच्चाउँदा सुनार भाग्न सफल भए,” प्रहरी निरीक्षक विकले भन्नुभयो – “प्रहरी कार्यालयभन्दा आठ किलोमिटर टाढाबाटै सुनार भागेपछि उनको व्यापक खोजी भइरहेको छ ।”

सुनारविरुद्ध २०६६ सालमा जिल्ला अदालत कञ्चनपुरमा मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भएको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो ।