आपराधिक समूहको निसानामा उद्योगी

 

जेठ १६,काठमाडौं– विहीबार साँझ महागढीमाई नगरपालिका १६ पर्सा खोलाबाट अपरहणमा परेका वीरगंज खाद्य उद्योगका संचालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।

उनको नेपाल भारतक विभिन्न स्थानमा खोजतलास भइरहेको छ ।
पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् । भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज्यान लिनेसमेत गरेका छन्।