जागिर लगाउन मन्त्रीको तोक आदेश

जेठ १६,काठमाडौं– स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् ।
सरकारले हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका छन् ।
डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । निर्देशन नमानेको भन्दै कार्यकारी अधिकृतलाई हटाउन उनले दबाब दिएका छन्।