अमेरिकी विमान दुर्घटना

एजेन्सी– अमेरिकामा विमान दुर्घटना भएको छ। विमान दुर्घटनाग्रस्त भएर नदीमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा कति जना सवार थिए र दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। विमान खसेको हडसन नदीमा उद्दारकर्मी खटिएका छन् ।

दोस्रो विश्वयुद्धको समयको पि–४७ थन्डरबोल्ट विमान दुर्घटनाग्रस्त भएर न्युर्योक र न्यु जर्सीको बिच भागमा रहेको हडसन नदीमा खसेको सरकारी अधिकारीले बताएका छन्।