पैसासँगै चोरले श्रीमती भगाएपछि

जेठ १५, काठमाडौं– गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्रान्सफरका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरी सहित श्रीमती वेपत्ता भएको सुनाए ।

प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन । तर जेठ २ मा मनि ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे ।

पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन ।

हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए ।
जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए ।