परीक्षा बन्चितले फेरि पढ्नुपर्ने

जेठ १४, काठमाडौं– सरकारी छात्रबृत्तिमा चीनमा मेडिकल अध्ययन गरेर पनि कोर्स पुरा नभएको भन्दै मेडिकल काउन्सिलको परिक्षाबाट बञ्चित ३० जना विद्यार्थीले थप एक वर्ष अध्ययन गर्नुपर्ने भएको छ। ती विद्यार्थीलाई एक वर्ष अध्ययनका लागि प्रतिव्यक्ति सात लाख रुपैयाँ अनुदान दिने भएको छ ।

सन् २००८ देखि २०१२ सम्म अध्ययन गरेका ३० विद्यार्थीले काउन्सिलको परिक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै आएका थिए । एकबर्षको कोर्स पुरा गरेपछी मेडिकल काउन्सिलको मापदण्ड अनुसारको अध्ययन पुरा हुन्छ । अनि परिक्षामा भाग लिन पाउनेछन् ।