हैदारावादसँग पराजित हुँदै कोलकाता बाहिरियो

एजेन्सी– हैदारावादसँग पराजित हुँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ ।
बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले पराजित हुँदै कोलकाता प्रतियोगितबाट बाहिरिएको हो।
विजयी भएको हैदरावादले फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग दोस्रो क्वालिफाएर खेल्नेछ।
पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
१६३ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनायो। उसका लागि मनिष पाण्डेयले ३६, कप्तान गौतम गाम्भीरले २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए।
हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए।
यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो। उसका युवराज सिंहले ४४, मोइसिस हेनरिक्सले ३१ तथा कप्तान डेविड वार्नरले २८ रन बनाए।
हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए।
अब हैदरावादले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफाएरमा गुजरात लाइन्ससँग खेल्नेछ।
यो खेललको विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसँग उपाधिका लागि खेल्नेछ। यसअघिनै पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंलोर फाइनलमा पुगिसकेको छ। फाइलन आइतबार हुनेछ।