गाउँ गएनन् ४२८ इन्जिनियर

जेठ १४, काठमाडौं– सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लागि छनोट गरेका ४ सय २८ जना इन्जिनियरले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ५ सय ७५ गाविस र ४२ नगरपालिकामा काम गर्न अनिच्छा देखाएका छन्।

खटाएको गाउँ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि मन्त्रालयले वैकल्पिकमा परेर छनोट हुन नसकेकालाई पठाउने तयारी गरेको छ ।

एक हजार ३ सय ४६ पछि क्रमश दुई हजार नौ सयमसम्मकोृ वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन मागेर मन्त्रालयले ४ सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो ।