नेपाली कामदार थप्न इजरायल तयार

जेठ १३, काठमाडौं– इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक देखिएको छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका हुन्।

नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिएको इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने।