निर्वाचन बारे धारणा बनाउन कांग्रेस छलफलमा

जेठ १३, काठमाडौं– प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ ।
सरकारले आगामी मङ्सीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफल थालेको हो ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि मात्र निर्वाचन गराउन उपयुक्त हुने थियो । बैठकमा सहभागी कांग्रेसका एक नेताले स्थानीय निकायको पुर्नसंरचनाका लागि आयोग गठन भईसकेको अवस्थामा अन्तरिम अवधिका लागि मङ्सीरमा स्थानीय निकायको निर्वाचन गर्नुको औचित्व नहुने बैठकको निष्कर्ष रहेको बताए ।