नेपालको बिजुली चीन सप्लाई हुन्छः ओली

जेठ १३, काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाँ घोषणा गरेका छन् ।

उनले केही वर्षभित्र नेपालमा उत्पादन हुने बिजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दाबी गरेका छन् । ‘रसुवागढी–केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको प्रधानमन्त्रीको भनाइ छ, त्यस्तै केही वर्षपछि नेपालमा बढी विद्युत् उत्पादन हुने र त्यसलाई भारत या चीनमा बेच्नुको विकल्प नरहने उनले बताए ।
गोरखा र धादिङका सांसद, राजनीतिक दलका नेतालगायतसँगको भेटमा प्रधानमन्त्री ओलीले रसुवाको चिलिमेबाट केरुङसम्म प्रसारण लाइन बनाएर विद्युत् बिक्री गर्ने बताए । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा छलफलका लागि उनीहरू प्रधानमन्त्रीसँग भेट्न गएका थिए ।