माओवादी केन्द्रको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

जेठ ९, काठमाडौं–पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक आज दिउँसो बस्दैछ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेस प्यालेसमा दिउँसो एक बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनुका साथै नेताहरूको जिम्मेवारी बाँडफाँटका विषयमा पनि छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राखी ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर अगाडी बढ्ने तयारी रहेको स्रोतले जनाएको छ ।
वरीयतालाई लिएर शीर्ष नेतृत्वमा विवाद रहिरहेका बेला बैठकले नेताहरूको वरीयताका विषयमा पनि टुङ्गो लगाउने तयारी गरेको खुलासा भएको छ । एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितमा पूर्वकेन्द्रीय सदस्यहरू स्वतः रहने गरी मापदण्ड बनाइएको छ ।