भारतमा नेपाली चेली अनागरिक

जेठ ९, काठमाडौं– भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्दा पनि उनी अझै अनागरिक रहेको खुलासा भएको छ ।

नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउने वित्तिकै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेको भएपनि उनले अझै नागरिकता पाउन सकेकी छैनन् ।

अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि उनी अनागरिक बनेकी हुन्, नागरिकता प्रावधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले, नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने दूतावासले भनेर कुनै सुझाव नदिएको बताइन् ।