कोलकत्तालाई हराउँदै गुजरात लायन्स दोस्रो स्थानमा

एजेन्सी– इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्तालाई हराउँदै गुजरात लायन्स दोस्रो स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा कोलकात्ता नाइड राइडर्सलाई ६ विकेटले हराउँदै गुजरात लायन्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
टस हारेर ब्याटिङमा उत्रेको कोलकत्ताले निर्धारित २० ओभर खेलमा ८ विकेट गुमाउँदै क्षतिमा १२४ रन बनाएको थियो।
कोलकत्ताका लागि कुनै पनि खेलाडीले मैदानमा टिकेर खेल्न सकेनन्। युसुफ पठानले सबैभन्दा धेरै ३६ रन तथा रोविन उथप्पाले २५ रन बनाउनु बाहेक अरुको प्रदर्शन सन्तोषजनक रहेन।
कोलकत्ताले दिएको १२५ रनको लक्ष्य गुजरातले ३९ बल बाँकी छँदै भेट्टायो।
गुजरातको जितका लागि सुरेश रैनाले ३६ बलमा ७ चौका हान्दै ५४ रन बनाएका थिए । यस्तै आरोन फिन्चले २६ रन र रविन्द्र जडेजाले ११ तथा दिनेश कार्तिकले १२ रन जोडे। जारी लिगमा गुजरातले १३ खेलमा ८ जितसहित १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
एक खेल कम खेलेको हैदारावाद समान अंकसहित शीर्ष स्थानमा छ। यता आज पराजित कोलकोत्ता १४ अकसहित तालिकाको चौथो स्थानमा छ। समान अंक भएको बैंलोर तेस्रो स्थानमा ओर्लिएको छ।