चीन–नेपाल–भारत बाटो ‘दुई तिहाइ छोटो’

जेठ ७, काठमाडौं– नेपाल हुँदै भारत र चीनबीच स्थलसम्पर्क भए प्रमुख दुई छिमेकीका प्रमुख सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने विज्ञले औँल्याएका छन् ।
चीन नेपाल भारत सम्बन्धको प्रमुख विशेषता र नेपालका लागि नयाँ विकास रणनीति विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा धारणा राख्दै उनीहरुले नेपाल हुँदै भारत चीन स्थलमार्ग निकै छोटो हुने बताएका हुन्।

सिंगापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटिका एसोसिएट प्रोफेसर प्रद्युम्नविक्रम राणाले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा दिल्लीबाट नेपाल हुँदै चीनको कुम्निङसम्म सिधा दुरी २ हजार ८ सय ८७ किमी चोङचिङसम्म ३ हजार १ सय ५१ र चेदुङसम्म २ हजार ९ सय ११ किमी मात्र हुन्छ ।

अहिले यी दुबै स्थानबीच हङकङ हुँदै जल तथा स्थलमार्गबाट सम्पर्क स्थापित छ । यसरी दिल्ली कुन्मीङ दुरी १० हजार ३ सय ४५ छ।