परराष्ट्रमन्त्री फेरि भारत भ्रमणमा जाने

जेठ ७, काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा फेरी भारत भ्रमणमा जाने भएका छन् ।

दक्षिण एसिया विश्व विद्यालयको दिक्षान्त कार्यक्रममा सहभागिताको लागि उनको यो भ्रमण हुन लागेको भए पनि विशेष गरि सम्वन्ध सुधारकै लागि उपयोग गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बततएको छ ।

दिक्षान्त कार्यक्रमको एक दिन अघि उनी दिल्ली जाने प्रारम्भिक तयारी छ । भारत भन्दा पहिले शनिबार उनी टर्की जाने तयारीमा छन् । राष्ट्रसंघको मानविय विश्व सम्मेलनमा सहभागि हुन उनी टर्की जान लागेका हुन् । सम्मेलन सोमबार र मंगलबार हुनेछ । सम्मेलन सकेर उनी टर्कीबाटै इजरायल जाने र त्यहाँ उच्चस्तरको भेटघाटमा सरिक हुनेछन ।