चीनको लान्चोउदेखि काठमाडौंसम्म आउँदै छ सामान

जेठ ६, काठमाडौं– लान्चोउदेखि दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गर्दै सिगात्सेसम्म रेलमा सामान आयो  ।

सिगात्सेबाट केरुङको गिलोङ पोर्टसम्म पाँच सय ६४ किलोमिटर दूरीमा चिनियाँ ट्रक–कन्टेनरले सामान ओसारिरहेका छन् । गेलुङ पोर्टमा सामान लिन नेपाली ट्रक–कन्टेनर पुगेका छन् ।

सो पोर्टमा चिनियाँ भन्सार कार्यालयले सामान जाँचपास गरेपछि नेपालतर्फ टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयमा पुनः जाँचपास हुन्छ ।

केरुङदेखि एक सय ६० किलोमिटर दूरी पार गर्दै नेपाली ट्रक–कन्टेनरले काठमाडौंसम्म सामान ओसार्नेछन् । परम्परागत समुद्री यातायातको तुलनामा रेलबाट ३५ दिन छिटो सामान नेपाल आउने व्यवसायीले बताएका छन् ।