प्रेस चौतारीको आठौँ महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने

जेठ ६, काठमाडौं– एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको आठौँ महाधिवेशन आजबाट राजधानीमा सुरू भइरहेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुन गइरहेका महाधिवेशनको एमाले अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बिहान ११ बजे महाधिवेशनको  उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ ।

तीन दिन सम्म चल्ने महाधिवेशनमा देशभरिबाट ७ सय १५ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुदैछन् ।

महाधिवेशनमा नयाँ नेतृत्वको चयन हुनेछ । नयाँ नेतृत्वका लागि दुई समूह मैदानमा उत्रिएका छन् । संस्थापनबाट अध्यक्षमा गणेश बस्नेत र महासचिवमा गणेश पाण्डे तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्षमा माधव नेपाल तथा महासचिवमा राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास पनि भइरहेको छ । सहमति भइ नसकेपनि सहमति गराउने पक्षमा नेतृत्व देखिएको स्रोतको जनाएको छ ।