हावाहुरी चलेको बेला तीन मोटरसाइकल जुध्दा चारको मृत्यु, एक घाइते

जेठ ५, सिराह–  सिरहा जिल्लाको लहानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। ।

लहान– १२ मा मंगलबार राति करीव सवा ९ बजे ३ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको हो । स २ प ६७, स ३ प १६० र स ३ प ९२०८ नम्बरका मोटरसाइकल एकआपसमा हावाहुरी चलेका बेला ठोक्कीएका थिए ।

मृत्यु हुनेमा लहान– ८ का ४५ वर्षीय नुजा सदाय, असनपुर– ७ का ३५ वर्षीय राम आसिस पासवान, सप्तरी बरमपुर ३ का ५५ वर्षीय लक्ष्मण राम र सिरहा गोलबजारका १८ वर्षीय बिबेश सिंह रहेका छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिरहा बेलकुवा– ४ का ३५ वर्षीय सर्बेस गोसामीको न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।तीब्र गतिमा रहेका कारण तीन वटै मोटरसाइकल जुध्न पुगेका थिए।