संघीय गठवन्धन दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

जेठ ५, काठमाडौं– संघीय गठवन्धनले पहिलो चरणको आन्दोलन सकिएलगत्तै १० दिने दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। गठवन्धनले आज दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा हुने जनसभाबाट १० दिने आन्दोलनको औपचारिक घोषणा गरिने मोर्चाले बताएको छ।

गठवन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निश्कर्ष निकाल्दै आन्दोलनको खाकाबारे  छलफल भई रहेको बताएको छ।

विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको निष्कर्ष निकालेको  छ।

गठबन्धनले सिंहदरबार र बालुवाटार घेराउका कारण आन्दोलन निर्णायक चरणतिर उन्मुख भएको निष्कर्षसहित आन्दोलनका थप कार्यक्रम तय गरेको हो। अबको आन्दोलनको रूप पनि शान्तिपूर्ण नै रहने नेताहरूले दाबी गरेका छन्।