पूर्वसभासद् महतोलाई आक्रमण्म गर्ने तीन जना पक्राउ

जेठ ५, काठमाडौं–  एनेकपा (माओवादी) की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी आक्रमण्म गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै मङ्गलबार उनीहरुको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए। आक्रमणमा फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।