कोलकोत्तामाथि बैंग्लोरको सानदार प्रदर्शन

एजेन्सी–  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले रहाएको छ।

कोलकाताले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष्य बैंग्लोरले १८ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि कप्तान विराट कोहली र एबीडी भ्लियर्सको नटआउट ११५ रनको साझेदारी गरे। यस्तै क्रिश गेलले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४९ रन बनाए।

कोहलीले ७५रन बनाउने क्रममा ५१ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेर। यस्तै एबी डी भिल्यिर्सले ५९ रन बनाउने क्रममा ३१ बल खेल्दै ५ चौका र तीन छक्का प्रहार गरे। कोलकाताका सुनिल नरिनले एक विकेट लिए।

यसअघि टस हारेर बैंग्लोरमा पहिले ब्याटिङ गरेको कोलकाताले पूरै २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८३ रन बनायो। उसका कप्तान गौतम गाम्भीरले ३४ बलमा ५१, मनिष पाण्डेयले ३५ बलमा ५० तथा आन्द्रे रुसेलले १९ बलमा नटआउट ३९ रन बनाएका थिए । बैंग्लोरका श्रीनाथ अरविन्दले दुई विकेट लिए।

गएरातिको खेलपछि जारी लिगमा १२ खेलबाट १६ अंक जोडेको कोलकाता दोस्रो स्थानमा यथावत छ भने  समान खेलबाट १२ अंक जोडेको बैंग्लोर पाँचौं स्थानमा छ। पहिलो स्थानमा सनराइज हैदारावाद छ।