सगरमाथामा सुरु भयो भिडभाड

जेठ ४, काठमाडौं–  सर्वोच्च शिखर सगरमाथामा दुई वर्ष सम्म आरोहण संख्या शून्य भएको थियो । तर यसपालि संसारभरका करिव ७ सय आरोही सर्वोच्च शिखर सगरमाथामा एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यतातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका छन् ।

चुचुरो पुग्ने लालसा र पुगेपछि फर्कने हतारोका कारण सगरमाथाको बाटो जाम हुन थालेको छ।